बैंकिङ खबर/युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ)श्रवण कुमार रावलको निधन भएको छ । ६१ वर्षीय रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो ।
सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किएका उनी मुटुमा एक्कासी समस्या भएपछि नागरिक अस्पताल लगिएको थियो । रावलको परिवारमा श्रीमति, एक छोरा र छोरी छन् ।
निर्जीवन बीमा कम्पनीमा दुई दशकभन्दा लामो अनुभव भएका रावलले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए ।