बैंकिङ खबर/अनलाइनमार्फत धितोपत्र कारोबारका लागि प्रयोग हुँदै आएको मेरो शेयर खाताको झण्डै १९ लाख वटा निष्क्रिय रहेको देखिएको छ । धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ लाख ७९ हजार ६२ मेरो शेयर खाता निष्क्रिय अवस्थामा छन् ।
सीडीएससीका अनुसार कुल ५४ लाख ७३ जार २६५ ओटा मेरो शेयर खाता खोलिएकोमा ३५ लाख ९४ हजार २०३ ओटा मात्र सक्रिय छन् । मेरो शेयर खाता सञ्चालनबापत वार्षिक ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
प्राथमिक बजारमा अनलाइनमार्फत धितोपत्र खरीद गर्न र धितोपत्रको दोस्रो बजारमा धितोपत्र खरीदविक्री गरिसकेपछि ट्रान्सफर गर्नसमेत मेरो शेयर खाताको सहारा लिनुपर्ने हुन्छ । हाल धितोपत्रको दोस्रो बजार कारोबारमा २३ लाखभन्दा बढी लगानीकर्ता सक्रिय छन् ।




