October 21st, 2024

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम ६ खर्ब ८६ अर्ब

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम ६ खर्ब ८६ अर्ब रहेको छ । असोज मसान्तसम्म बैंकहरूको कर्जा निक्षेप अनुपात ७८.४१ प्रतिशत छ । बैंकहरूले यस्तो अनुपात ९० प्रतिशतसम्म हुने गरी ऋण दिन पाउँछन् ।

त्योअनुसार अझै निक्षेपको ११.५९ प्रतिशतबराबरको रकम बैंकहरूले ऋण दिन पाउँछन् । अहिले वाणिज्य बैंकहरूको कुल निक्षेप ५९ खर्ब २२ अर्ब रुपैयाँ छ । त्यसको ११.५९ प्रतिशत रकम ६ खर्ब ८६ अर्ब रुपैयाँ हुनेछ ।