
बैंकिङ खबर/ विकास बैंकहरुले मात्रै १ अर्ब ६४ करोड खुद मुनाफा आर्जन गरेका छन्। जसमा मुक्तिनाथ विकास बैंकले मात्रै ३२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने मुक्तिनाथलाई पछ्याएको गरिमा विकास बैंकले २८ करोड ८९ लाख खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै साउन मसान्तमा पहिलो स्थानमा रहेको शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले २१ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
१७ मध्ये ११ वटा विकास बैंक मात्रै नाफामा देखिएका छन् भने ६ वटा विकास बैंक गत आर्थिक वर्षको यसअवधिसंगको तुलनामा घाटामा गएका छन्। यसरी घाटामा जानेमा क्षेत्रीय स्तरका नारायणी, सप्तकोशी, सिन्धु, कर्णाली, मितेरी र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन्।