बैंकिङ खबर/ चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट सूचीकृत बैंकमध्ये शेयरधनीलाई ४ वटा बैंकले मात्रै तेस्रो त्रैमाससम्म लाभांश घोषणा गरेका हुन् ।
एभरेष्ट, ग्लोबल आईएमई, सानिमा र सिटिजन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । यीमध्ये सबैभन्दा धेरै लाभांस एभरेष्टको छ । यो बैंकले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद गरी कूल १५.५३ प्रतिशत लाभांश घोषणा गरेर वार्षिक साधारणसभाबाट पारित समेत गरिसकेको छ ।
यस्तै ग्लोबलले ५.५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ भने सानिमाले ५.२६ प्रतिशत नगद लाभांश र सिटिजन्स इन्टरनेश्नल बैंकले ४ प्रतिशत बोनस शेयर ०.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।