Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चार वाणिज्य बैंकको मात्रै लाभांश घोषणा

२०८१ कार्तिक ४ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट सूचीकृत बैंकमध्ये शेयरधनीलाई ४ वटा बैंकले मात्रै तेस्रो त्रैमाससम्म लाभांश घोषणा गरेका हुन् ।

एभरेष्ट, ग्लोबल आईएमई, सानिमा र सिटिजन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । यीमध्ये सबैभन्दा धेरै लाभांस एभरेष्टको छ । यो बैंकले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद गरी कूल १५.५३ प्रतिशत लाभांश घोषणा गरेर वार्षिक साधारणसभाबाट पारित समेत गरिसकेको छ ।

यस्तै ग्लोबलले ५.५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ भने सानिमाले ५.२६ प्रतिशत नगद लाभांश र सिटिजन्स इन्टरनेश्नल बैंकले ४ प्रतिशत बोनस शेयर ०.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।