October 19th, 2024

असोजमा ३ कम्पनीले पाए हकप्रद निष्काशन अनुमति


बैंकिङ खबर/ २०८१ असोज महिनामा तीन वटा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएका छन् । हकप्रद निष्काशनको अनुमति पाउनेमा दुई वटा इन्स्योरेन्स कम्पनी र एउटा हाइड्रोपावर कम्पनी रहेको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, एनएलजी इन्स्योरेन्स र लिबर्टी इनर्जी कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएका हुन् । नेपाल धितोपत्र बोर्डले यी कम्पनीलाई क्रमश असोज १४, असोज १४ र असोज २३ गते अनुमति प्रदान गरेको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८.४५ प्रतिशतले हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको हकप्रद शेयर निष्काशनको लागि नेपाल एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

त्यस्तै एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको हकप्रद शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

लिबर्टी इनर्जी कम्पनीले ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको हकप्रद शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।