Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ निक्षेप ८ अर्बले घट्यो, यस्तो छ कर्जा प्रवाह

२०८१ कार्तिक २ गते

बैंकिङ खबर/ बैंकिङ निक्षेप संकलन ८ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकको असोज २२ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६५ खर्ब १५ अर्ब निक्षेप संकलन भएको छ । असोज २१ गते भने बैंकिङ प्रणालीमा ६५ खर्ब २३ अर्ब निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ८ अर्बले घटेको देखिएको छ । असोज ११ गते ५८ खर्ब ९६ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले २२ गते ५८ खर्ब ८८ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा पनि वृद्धि देखिएको । असोज २१ गते ५२ खर्ब ७४ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २२ गते ५२ खर्ब ७६ अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि २ अर्बले बढेको छ । गत २१ गते ४६ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले २२ गते ४६ खर्ब ७० बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर २.९७ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८ ४४ प्रतिशत कायम भएको देखाएको छ ।