Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु बैंकको पौने ३ लाख बढी कित्ता शेयर बिक्रीमा

२०८१ कार्तिक २ गते

बैंकिङ खबर/प्रभु बैंकको पौने ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाले निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि १५ दिनको म्याद दिइएको छ। इच्छुक लगानीकर्ताले तोकिएको समयभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।