October 12th, 2024

दशैं दक्षिणाः यी कम्पनीमा गर्नुहोस् लगानी, बनाउनेछ मालामाल

बैंकिङ खबर/ दशैं दक्षिणाबाट सेयर लगानी गर्न चाहनुहुन्छ भने यी कम्पनीमा लगानी गर्दा तपाईंले मनग्य आम्दानी गर्न सक्नुहुनेछ ।

दशैं बिदाले असोज २८ गतेसम्म सेयर बजार बन्द रहनेछ । दशैंअघि बजार बन्द हुँदा ४.८५ अंकले बढेर २६६८.१७ विन्दुमा नेप्से आएको थियो। अब दशैंपछि केही पैसा जम्मा भएको हुन सक्छन् । यस बेला कुन कम्पनीमा लगानी गर्ने भन्ने सोची रहनुभएको छ भने यी कम्पनीबाट तपाईंले मनग्य प्रोफिट लिन सक्नुहुनेछ ।

अहिले विभिन्न कम्पनी, सामूहिक लगानी कोष लगायत करिब ६ दर्जनले आर्थिक वर्ष २०८०–८१ को नाफापछि लाभांश घोषणा गरिसकेका छन्।

लाभांश घोषणा गरेकामध्ये धेरैजसोको बुक क्लोज भइसकेकाले लाभांश प्राप्त गर्ने अवधि सकिसकेको छ। बाँकी रहेकामा १० प्रतिशत बढी लाभांश दिने कम्पनी निकै कम छन्।

यसरी लाभांश घोषणा गरेर बुक क्लोज हुन बाँकी रहेकामध्ये आठ वटाले १० प्रतिशत माथि लाभांश दिने भएका छन्।
आठ कम्पनीमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त, युनिलिभर नेपाल, स्वावलम्बन लघुवित्त, रूरू जलविद्युत, आशा लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, सुपरमाई हाइड्रोपावर र एनआइसी एसिया डाइनामिक फण्ड छन्।

यी कम्पनीले १० प्रतिशतदेखि १७१४ प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका छन्। कम्पनीहरूको लाभांश तिनीहरूको नियामक र साधारण सभाले स्वीकृत गर्न बाँकी छ। साधारण सभाले स्वीकृत गरेपछि लगानीकर्ताहरूको खातामा लाभांश आउँछ।

बुक क्लोज अवधि आइनसकेका तर यसपटक १० प्रतिशतभन्दा कम लाभांश दिने कम्पनीहरू पनि लगानीकर्ताले हेर्न सक्छन्।

यस्ता कम्पनीमा अपी पावर, सानिमा बैंक, हिमालयन ८०–२० फण्ड, ग्लोबल आइएमई बैंक, अरूण भ्याली हाइड्रोपावर, मन्दाकिनी हाइड्रो, शिवम होल्डिङ्स, सिटिजन्स बैंक लगायत छन्। यिनले २.५ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म लाभांश दिने भएका हुन्।

मूल्य उच्च भएका कम्पनीको लाभांशका लागि बुक क्लोज भइसके पनि लगानीका लागि अवसर भने हुन सक्छ। किनभने, लाभांश समायोजन क्रममा सेयर मूल्य लाभांश दर हाराहारी नै समायोजन भएर घटेको हुन्छ। यस्तो समयमा त्यस्ता कम्पनीमा लगानी गर्न सकिन्छ।

सानिमा, रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल ल्युब आयल, गुराँस लघुवित्त वित्तीय संस्था, भगवती हाइड्रो, माण्डु हाइड्रो लगायत १५ प्रतिशतमाथि लाभांश दिएका वा मूल्य उच्च भएका कम्पनीको मूल्य समायोजन भइसकेको छ।

कम्पनी

बोनस

नगद

कुल

बुक क्लोज

फरवार्ड माइक्रो फाइनान्स लघुवित्त

१३.३०

०.७०

१४.

 

स्वावलम्बन  लघुवित्त वित्तीय संस्था

१४.२५

०.७५

१५

 

रूरू जलविद्युत परियोजना

१५.००

०.७८९

१४.७८९

मंसिर १

युनिलिभर नेपाल

 

१७१४.००

१७१४.००

कात्तिक २९

आशा लघुवित्त वित्तीय संस्था

१४.२५

०.७५

१५

 

हाथवे इन्भेस्टमेन्ट नेपाल

१०.००

०.५२६

१०.५२६

मंसिर ८

सुपरमाई हाडड्रोपावर

७.००

५.६३

१२.६३

 

एनआइसी एसिया डायनामिक डेब्ट फण्ड

 

१०.००

१०