October 8th, 2024

१० रुपैयाँ दरको ३४ करोड वटा नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ । राष्ट्र बैंकले चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिंङ एण्ड मिन्टिङ कर्पोरेशन चाइनालाई १० रुपैयाँको नोट छाप्नको लागि लेटर अफ इन्टेन्ट (लोओआई) प्रदान गरेको हो ।

यस संगै अब सो चिनियाँ कम्पनीले १० रुपैयाँ दरको ३४० मिलियन वटा अर्थात् ३४ करोड वटा नोट छाप्ने छ। चिनियाँ कम्पनीले ति नोट ७१ लाख १७ हजार ९ सय ३४ डलर अर्थात् करिब ९५ करोड ४९ लाख २५ हजार नेपाली रुपैयाँमा छाप्ने छ।

राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको थियो । राष्ट्र बैंकले २०२४ सेप्टेम्बर १ तारिखसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको थियो। यस टेण्डरमा यस अघि राष्ट्र बैंकले योग्य रहेको भनि सूची प्रकाशन १० वटा कम्पनीले मात्र सहभागिता जनाउन सक्ने व्यवस्था थियो । जस मध्येबाट चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिंङ एण्ड मिन्टिङ कर्पोरेशन चाइनाले नोट छाप्ने ठेक्का पाएको हो।

2081.06.22_Letter-of-Intent-Rs-10