बैंकिङ खबर/ कृषि विकास बैंकको सञ्चालक हेरफेर भएको छ । गत असोज ११ गते शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट बैंकको सञ्चालकमा डा.हरि बहादुर केसीलाई नियुक्ति गरिएको हो ।
उनी कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव हुन् । उनले असोज २० गते आइतबार नै संचालकको रुपमा शपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ बमोजिम डा. केसीले शपथ ग्रहण गरेका हुन् ।