नमस्ते वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद सेयर पारित गर्नका लागि संस्थाले पुस ९ गते साधारणसभा बस्दैछ । हकप्रद तथा साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर २४ गतेदेखि पुस ९ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जानकारी गराएको छ । जसअनुसार, मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै संस्थाले जारी गर्न लागेको हकप्रद भर्न पाउनेछन् ।