२०८१ आश्विन १८ गते

सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर बाँड्ने अरुण भ्याली हाइड्रोको प्रस्ताव

बैंकिङ खबर/अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ।

१७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्तावसम्बन्धी निर्णय गरेको हो। कम्पनीको सेयर प्रिमियम, खुद मुनाफासहितको सञ्चितिबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद लाभा्रश वितरणसम्बन्धी प्रस्ताव पारित भएको हो।

साथै कम्पनीले आगामी कात्तिक १४ गते २७औँ वार्षिक साधारणसभा गर्ने प्रस्ताव पनि पारित गरेको छ। सोही साधारणसभाले प्रस्तावित लाभांशलाई अनुमोदन गर्नेछ।

वार्षिका साधारणसभा र लाभांश प्रयोजनाको लागि कात्तिक ५ गते कम्पनीको सेयरधनी दर्ता किताब बन्द गर्ने समेत निर्णय भएको छ।