October 3rd, 2024

चार दिनमा साढे ८ करोड सुकिला नोट सटही

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंककेन्द्रीय कार्यालय बालुवाटारबाट मात्र चार दिनमा साढे ८ करोड रुपैयाँभन्दा बढी सुकिला नोटको सटही भएको छ । आइतबार १ करोड ४५ लाख, सोमबार १ करोड ८० लाख, मंगलबार २ करोड ३० लाख र बुधबार २ करोड २ करोड ९२ लाख गरी करिब ८ करोड ४७ लाख रुपैयाँ सटही सुविधा लिइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका प्रादेशिक कार्यालयबाट वितरण भएको नोटको विवरण उल्लिखित तथ्यांकमा समावेश छैन । त्यो तथ्यांक पनि जोड्दा सर्वसाधारणले चार दिनमा सटही गरेको रकम धेरै हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै दसैंका लागि यही असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना जारी गरिसकेको छ । यसअनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, सातैवटा प्रादेशिक कार्यालयसहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिइरहेको राष्ट्र बैंकले जनाएको छ । सबै दरका एक÷एक थान गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नोट सहटी गर्ने वितरण भइरहेको छ ।