
बैंकिङ खबर/ नेपालमा बीमाको पहुँच घटेको पाइएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले गत आवको तुलनामा बीमाको पहुँच घटेको देखाएको छ । अघिल्लो आव २०७९/८० सम्म ४४.३८ प्रतिशत नागरिक बीमाको पहुँचमा थिए । तर, गत असार मसान्तसम्म आउँदा त्यो संख्या ४३.२७ प्रतिशतमा सीमित भएको छ ।
अघिल्लो आवमा १ करोड ४१ लाख ३७ हजार ३ सय २१ वटा बीमा पोलिसी सक्रिय थिए । गत आवको अन्त्यसम्म आउँदा त्यो १.१८१ प्रतिशतले घटेर १ करोड ३८ लाख ८१ हजार ४ सय ९२ वटामा सीमित भएको छ ।
नयाँ बीमितको वृद्धिदर न्यून हुने र सरेन्डर बढी हुँदा पनि बीमा पहुँच घटेको बीमा कम्पनीका अधिकारीहरूको तर्क छ ।प्राधिकरणका अनुसार समीक्षा वर्षमा लघु म्यादी र म्यादी बीमा गरेका बीमित घटेका हुन् ।


