Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एकैदिन १२ अर्ब रुपैयाँले बढ्यो बैंकहरुको निक्षेप

२०८१ आश्विन १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ६४ अर्ब निक्षेप संकलन भएको छ । असोज १२ गते ६५ खर्ब ५२ अर्ब संकलन भएको थियो । राष्ट्र बैंकका अनुसार असोज १३ गते बैंकिङ्ग प्रणालीमा एकै दिन १२ अर्ब निक्षेप वृद्धि भएको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ११ अर्बको वृद्धि देखिएको छ । असोज १२ गते ५८ खर्ब २८ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १३ गते ५८ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको । असोज १२ गते ५२ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १३ गते गते ५२ खर्ब ४४ खर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि स्थिर रहेको छ । शनिबारसम्म ४६ खर्ब ३९ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले आइतबार ४६ खर्ब ४३ बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.५१ प्रतिशत कायम भएको देखाएको छ ।