बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाका कर्मचारीले मानवीय त्रुटीका कारण कमीकमजोरी गरेमा कारवाही हुने भएको छ । बुधबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै कर्मचारीहरुका कारण कारवाहीमा परेमा त्यस्ता कर्मचारीलाई कारवाही गर्नुपर्ने उल्लेख गरेको छ ।
संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको काम गराइका कारणले कारवाही भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारवाही गर्नुपर्ने हुन्छ।
संस्थाले व्यक्तिगत रुपमा कारवाही नगरेमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारवाही गरी त्यसरी कारवाही नगर्ने संस्थाको संचालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनाको अवस्था, विषयको गम्भीरता र सूचक संस्थाको प्रकृतिअनुसार जरिवाना तिराउने छ।
यस्तो जरिवाना १० लाखदेखि ५ करोडसम्म हुने छ। साथै पदबाट हटाउने वा दुवै कारवाही गर्न सक्ने सर्कुलरमा उल्लेख छ । साथै, बैंक तथा वित्तीय संस्थाको १५ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनीको व्यक्तिगत विवरण (नाम, थर, पति र पत्नी, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नम्बर, मोबाइल नम्बर, इमेल ठेगाना) राख्नुपर्ने उल्लेख छ।
कम्पनीका १५ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनीको व्यक्तिगत विवरण राख्नुपर्ने उल्लेख छ। यसअघि १० प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनीको व्यक्तिगत विवरण राख्नुपर्ने व्यवस्था थियो।
बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक रुपमा कम्तीमा एक पटक जोखिममा आधारित नीति, कार्यविधि तथा कार्ययोजनामा आवश्यक संशोधन गरी एसआइएसमा अद्यावधिक गर्नु पर्नेछ। बैंक तथा वित्तीय संस्थाले ऐनको दफा ७(घ) तथा दफा ३५ बमोजिम एएमएल सीएफटी सम्बन्धी संस्थागत जोखिमको पहिचान तथा मूल्यांकन गरी सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको पहिलो त्रैमासभित्र सम्पत्ति संशोधन गर्ने भनेको छ।
Circular-4-ABC