
शोभाकान्त बस्याल
वरिष्ठ उद्यमी
प्रबन्ध निर्देशक, ओखती ब्राण्ड
बैंकिङ खबर/ हामीले रहरले होइन्, आवश्यकताले काम गर्न जरुरी छ । आवश्यकताले गरेका कामहरु पूर्ण हुन्छन् । उसले मनभित्रबाटै सिकेको हुन्छ ।
हामीले सीप नलिइ कुनै पनि कामहरु शुरु गर्दा त्यो विफल हुन सक्छन् । चाहे त्यो वैदेशिक यात्रा किन नहोस् । मान्छेहरु विदेशमा एउटा कामका लागि भनेर जाँदा अर्को काममा खटिइ रहेका हुन्छन् । त्यहाँ उनीहरुलाई सीप थाहा हुँदैन । सीप थाहा नभएपछि विदेशमा गएर काम गर्ने भनेको लेवर नै हो । कसैले सीप सिकेर जानु भएको छ भने उहाँहरुले राम्रो काम पाउनुहुन्छ ।
नेपालमा पनि केही सीप लिएर उद्यमशिलता शुरु गरौं । त्यो सफल हुन्छ । देशका ग्रामीण वा सुगम ठाउँमा विभिन्न एनजिओ आइएजीओले पनि सीपहरु दिएका छन् । तर ती सीप अपुरा छन् । उनीहरुले त्यो सीपबाट पूर्ण रुपमा काम गर्न सक्दैनन् । लगानी गर्छु भनेर उनीहरुले काम गर्न सक्दैनन् । विस्तारै ति कामहरु ढुब्न जान्छन् ।
उनीहरुले सहकारीबाट होस् या अन्य वित्तीय संस्थाबाट ऋण लिएको पैसा सबै डुब्न जान्छ । र भन्नुहुन्छ, मेरो व्यवसाय डुब्यो । मैले त सिकको थिए तर काम गर्न सकिँन । किनभन्दा उहाँले सिक्नुभएको थियो तर त्यो अपुरो थियो ।
त्यसैले अपुरो ज्ञान, अपुरो सीपले गरेको काम कुनै पनि सफल हुन सक्दैनन् । कडा मेहनतले मात्र काम सफल हुन सक्छ । कुनै क्षेत्रमा हामीले लगानी गरिहाल्यौं भने त्यसबाट कसरी पार लाग्ने ?, हामीले कुनै व्यवसायमा लगानी गर्यौं, हामी त्यो काम न अगाडि लैजान सक्छौं न पछाडि फर्किन सक्छौं । त्यस्तो बेलामा हामीले हाम्रो सहास र अठोटले मात्र काम गर्न सक्छौं । हामीसँग धेरै चुनौतीहरु छन् । त्यो चुनौतीलाई पार गर्नुपर्छ । हामी अरुको मुख ताक्छौं तर म भनेर काममा लाग्नुपर्छ ।
आजभन्दा ३० वर्षअघि उद्यमशिलतामा महिलाको सहभागी न्यून थियो । १० वर्षमा अलि बढेर आयो । ५ वर्ष अगाडि हेरौं अझ बढेर आएको छ । अहिले हेर्दा झनै बढेर माथि पुग्नुभएको छ । चाहे शिक्षा क्षेत्रमा होस्, चाहे बैंकिङ क्षेत्रमा किन नहोस् महिलाहरुको सहभागीले धेरै छ ।
महिलाहरु उद्यमशिलतामा पनि अठोट लिएर अगाडि बढ्नुपर्छ । कुर्नै पनि क्षेत्रमा लाग्नुभएको छ भने त्यो क्षेत्रमा सफल बनेपछि मात्रै बाँकी क्षेत्रमा लाग्नुपर्छ ।
(वरिष्ठ उद्यमी शोभाकान्त बस्यालले मिडिया इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको ‘फाइनान्सियल लिट्रेसी, विजनेश एण्ड लिडरसीप समिट’ कार्यक्रममा राख्नुभएको मन्तव्यको सम्पादित अंश ।)