Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

दुई बीमा कम्पनीलाई हकप्रद सेयर निष्कासन अनुमति

२०८१ आश्विन १६ गते


बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीहरुलाई हकप्रद सेयर निष्कासन अनुमति दिएको छ । यसरी हकप्रद सेयर निष्कासन अनुमति पाउने कम्पनीहरुमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र एनएलजी इन्स्योरेन्स कम्पनी छन् ।

बोर्ड सञ्चालक समितिको बैठकले ती कम्पनीहरुलाई निष्कासन गर्ने अनुमति दिने निर्णय भएको छ । जसअनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ करोड ३४ लाख ६८ हजार कित्ता र एनएलजी इन्स्योरेन्स कम्पनीले ९६ लाख ३१ हजार २ सय २० कित्ता हकप्रद सेयर निष्कासन अनुमति पाएका हुन् ।