बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकहरुमा ८७ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको उक्त रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।
राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ६९ करोड ६० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १३ करोड ५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ४ करोड ३५ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।
मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले असोज १८ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ कात्तिक ४ गतेदेखि २०८२ वैशाख ६ गतेसम्म १८१ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।
Pension-and-Gratuity-fund-investment-notice-2081.07.04-pdf