Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारी ढुकुटीमा २ खर्ब ३८ अर्ब नगद मौज्दातः राष्ट्र बैंक

२०८१ आश्विन १४ गते

बैंकिङ खबर/चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारी ढुकुटीमा २ खर्ब ३८ अर्ब नगद मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा सरकारी डिपोजिटको रुपमा विभिन्न बैंक खातामा कूल २ खर्ब ३८ अर्ब ३० करोड ९० लाख रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको हो ।

अघिल्लो आर्थिक वर्षको अन्तमा (२०८१ असार मसान्तसम्ममा) यस्तो सरकारी डिपोजिट विभिन्न बैंकहरुमा जम्मा ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ रहेको थियो । गएको दुई महिनामा राज्यको ढुकुटीमा १ खर्ब ७४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ थपिएको हो । यस नगद मौज्दात संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समेत नाममा विभिन्न बैंकमा रहेको निक्षेप हो ।