Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनएलजी र लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोर्डबाट पाए हकप्रदको स्वीकृति

२०८१ आश्विन १३ गते

बैंकिङ खबर/ दुई बीमा कम्पनी एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको स्वीकृति पाएका छन् ।

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत र लाइफ इन्स्योरेन्स कम्पनीले ८८ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको बोर्ड स्रोतले जनाएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको स्वीकृति पाएको हो । त्यस्तै एनएलजी इन्स्योरेन्सले ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासनको स्वीकृति पाएको छ ।