Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मुद्दती खातामा लगानी गर्दै धितोपत्र बोर्ड, खोज्यो बैंक

२०८१ आश्विन ११ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्न बैंक खोजेको छ । बोर्डले आफूसँग रहेको लगानीयोग्य रकम र अक्षय कोषको रकमलाई मुद्दती खातामा लगानी गर्न ‘क’ वर्गका बैंक खोजेको हो ।

बोर्डको उक्त रकम लिन चाहने बैंकहरूले आफूले दिन सक्ने एकवर्षे ब्याजदरसहित आजका मितिले ५ कार्यदिनभित्र योग्यता खुल्ने आवश्यक कागजातसहित शिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ ।

शिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम दिन अपरान्ह सवा ५ बजे बोर्डको कार्यालय खुमलटारमा खोलिनेछ । फाराम बोर्डको वेबसाइटमा उपलब्ध रहेको र थप जानकारीका लागि बोर्डकै लेखा तथा वित्त शाखामा सम्पर्क गर्न भनिएको छ ।