September 27th, 2024

मुद्दती खातामा लगानी गर्दै धितोपत्र बोर्ड, खोज्यो बैंक

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्न बैंक खोजेको छ । बोर्डले आफूसँग रहेको लगानीयोग्य रकम र अक्षय कोषको रकमलाई मुद्दती खातामा लगानी गर्न ‘क’ वर्गका बैंक खोजेको हो ।

बोर्डको उक्त रकम लिन चाहने बैंकहरूले आफूले दिन सक्ने एकवर्षे ब्याजदरसहित आजका मितिले ५ कार्यदिनभित्र योग्यता खुल्ने आवश्यक कागजातसहित शिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ ।

शिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम दिन अपरान्ह सवा ५ बजे बोर्डको कार्यालय खुमलटारमा खोलिनेछ । फाराम बोर्डको वेबसाइटमा उपलब्ध रहेको र थप जानकारीका लागि बोर्डकै लेखा तथा वित्त शाखामा सम्पर्क गर्न भनिएको छ ।