Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन लाइफको नयाँ बोनसदर घोषणा

२०८१ आश्विन ११ गते

बैंकिङ खबर/ हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८६ रुपियाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८० को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट असोज ७ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

सावधिक बीमालेख योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ६४ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३६ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । अग्रिम भुक्तानी सावधिक योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ५६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ७१ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ८६ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा १६ वर्ष अवधिका लागि ४८ रुपैयाँ र जीवन उपहार (सावधिक) बीमा योजनामा १५ वर्ष अवधिको ३२ रुपैयाँ बोनस दर तोकेको छ । सावधिक बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४९ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७६ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४८ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७३ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । अग्रिम भुक्तानी सावधिक योजनामा ० देखि १४ वर्ष अवधिको प्रतिहजार ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४६ रुपैयाँ र वार्षिक नगद फिर्ता बीमा योजनामा ० देखि १४ वर्ष अवधिको प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४१ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सुरक्षित भविष्य जीवन बीमा योजनामा ० देखि १४ वर्ष अवधिको १८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । ३० वर्षे जीवन रक्षक (सिमित भुक्तानी), सावधिक लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजनामा ० वर्षदेखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३३ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सिमित भुक्तानी सावधिक जीवन बीमा (एकल) योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ४५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सावधिक तथा आजीवन जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ४० रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७४ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सिमित भुक्तानी सावधिक तथा आजीवन जीवन बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३३ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३० रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ४१ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

जिवन आधार जीवन बीमा योजनाका सबै अवधिमा प्रतिहजार ५० रुपैयाँ, जिवन सम्पन्न बीमा योजनाका सबै अवधिको ५३ रुपैयाँ, जिवन उत्थान बीमा योजनाका सबै अवधिमा ४० रुपैयाँ, जिवन आवरण बीमा योजनाका सबै अवधिमा ४३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । बालबच्चा सावधिक जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३३ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३९ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।