Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यथार्थ बुझेर मात्रै शेयर बजारमा लगानीसम्बन्धी निर्णय लिनुपर्छ : नेप्से

२०८१ आश्विन ७ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक सूचना जारी गर्दै लगानीसम्बन्धी निर्णय लिँदा सचेत रहने पनि आग्रह गरेको छ । नेप्सेले नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैले पनि बजार विश्लेषकका रुपमा दर्ता गर्ने वा मान्यता प्रदान नगरेको स्पष्ट पारेको छ ।

फेसबुक, ट्विटर, क्लबहाउसलगायतका सामाजिक सञ्जाल वा आमसञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिने नेप्सेले सचेत गराएको छ । त्यसैले यथार्थ बुझेर लगानीसम्बन्धी निर्णय गर्न पनि सम्बन्धित सबैलाई नेप्सेले आग्रह गरेको छ।