बैंकिङ खबर/ घरजग्गा कारोबारबाट भदौमा पौने ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । भदौ महिनामा घरजग्गाको कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार यो एक महिनामा १ लाख १५ हजार ६४२ वटा घरजग्गाको कारोबार भएको छ । जसमध्ये ३२ हजार ७९८ वटा घरजग्गाको लिखत पारित भएको छ । ३ हजार ८ सय ८८ वटा घरजग्गाको नामसारी भएको छ भने ३६ हजार ८१९ वटा घरजग्गा रोक्का र २५ हजार २६१ वटा घरजग्गा फुकुवा गरिएको जनाइएको छ । भदौमा २७ हजार ८ सय ४३ कित्ता जग्गाको कित्ताकाट गरेर ६१ हजार ३३२ कित्तामा विभाजन गरिएको छ ।