Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

६ वटा कम्पनीको शेयर सूचीकृत

२०८१ आश्विन ४ गते

बैंकिङ खबर/ दोस्रो बजारमा गत भदौ महिनामा छ वटा अलग अलग कम्पनीको शेयर सूचीकृत भएको छ ।सूचीकृत भएका कम्पनीहरुमा तीन वटा कम्पनीको बोनस शेयर छ भने दुई वटाको हकप्रद र एउटाको एफपीओ छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मैलुङ खोला जलविद्युत् कम्पनी, सीईडीबी हाइड्रोपावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ,हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र बेष्ट फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको हो ।

जसअनुसार मैलुङ खोला जलविद्युत् कम्पनीको ८१ हजार ७६८.२४ कित्ता, सीईडीबी हाइड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता र नेपाल पुनर्बीमा कम्पनीको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सूर्योदय वोमी लघुवित्तको ४६ हजार ७२९.५५ कित्ता एफपीओ सूचीकृत भएको छ । यसैगरी, सोही अवधिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता र बेष्ट फाइनान्सको ३ लाख ५६ हजार ७४.५७ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।