
बैंकिङ खबर/ हकप्रद शेयर बिक्री नभएपछि आँखुखोला हाइड्रोपावरले साढे ७ लाख कित्ता भन्दा बढी शेयर लिलामीमा चढाएको छ । उक्त कम्पनीले साउन अन्तिम साता १५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो ।
तोकिएको अवधिमा सर्वसाधारण समूहतर्फको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयरका लागि आवेदन नपरेको कम्पनीले जनाएको छ । उक्त कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङले असोज ११ देखि २० गतेसम्म अवितरित शेयरको लिलामीका लागि आवेदन दिने मिति तोकेको छ ।
उक्त शेयरका लागि न्यूनतम १०० रुपैयाँ मूल्य तोकिएको छ । अहिले बजारमा उक्त कम्पनीको शेयरको अन्तिम कारोबार मूल्य २०७ रुपैयाँ रहेको छ ।



