बैंकिङ खबर/ भदौमा ६ कम्पनीको कुल २ करोड ४२ लाख ७१ हजार ६३८ दशमलव ४० कित्ता शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक गरेको मासिक तथ्याङ्कअनुसार ६ कम्पनीको उक्त कित्ता शेयर सूचीकृत भएको हो । गत महीना सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ, मैलुङ्ग खोला जलविद्युत् कम्पनी, सिईडिबि हाइड्रोपावर र नेपाल रिइन्स्योरेन्स कम्पनीको बोनस शेयर र हाइड्रोइलेक्ट्रीसिटी र वेष्ट फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको हो ।
सूर्योदय वोमी लघुवित्तको ४६ हजार ७२९ दशमलव ५५ कित्ता एफपीओ सूचीकृत भएको छ । त्यस्तै मैलुङ्ग खोला जलविद्युत कम्पनीको ८१ हजार ७६८ दशमलव २४ कित्ता, सिईडिबी हाइड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता र नेपाल रिइन्स्योरेन्स कम्पनीको ६० लाख ८६ हजार ४३३ दशमलव २८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यसैगरी हाइड्रोइलेक्ट्रीसिटीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता र वेष्ट फाइनान्सको ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।