
बैंकिङ खबर/न्यादी हाइड्रोपावर लिमिटेडको अकइन अवधि कात्तिक ४ गतेदेखि समाप्त हुने भएको छ । कम्पनीको संस्थागत लगातीकर्ता तथा कर्मचारी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको स्वामित्वमा रहेको शेयरको लकइन अवधि सो दिन समाप्त हुने भएको हो ।
कम्पनीका अनुसार संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक सेयरधनीका कर्मचारीको नाममा रहेको ३ लाख कित्ता, कम्पनीका कर्मचारीको नाममा रहेको ४५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको स्वामित्वमा रहेको १५ लाख कित्तन गरी कुल १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको अवधि सकिन लागेको हो ।
सार्वजनिक निष्काशन गरि सेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, योजना प्रभावित स्थानीय र कम्पनीका कर्मचारीले सेयर बिक्री गर्न नपाइने गरी लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, स्थानीय र कर्मचारीले सेयर बिक्री गर्न सक्नेछन् ।



