Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विद्युतीय माध्यमबाट दुई महिनाको अवधिमा २१ करोड बढी ठगी

२०८१ आश्विन १ गते

बैंकिङ खबर/ पछिल्लो समय विद्युतीय माध्यमबाट हुने ठगीको घटना बढेको पाइएको छ। ‘लगानी गर्दा झण्डै दोब्बर कमाइ हुन्छ’ भन्ने आश्वासनमा परेर १३ सय ३५ जनाले पछिल्लो दुई महिनामा करोडौँ गुमाएका छन् । आर्थिक वर्ष २०८१–०८२ शुरु भएपछिको पछिल्लो दुई महिनामा मात्र साइबर ब्युरोमा १ हजार ३३५ थान ठगीको उजुरी परेको छ ।

विद्युतीय माध्यमबाट दुई महिनाको अवधिमा २१ करोड ३५ लाख ७७ हजार १८७ रुपैयाँ ठगी भएको उजुरी आएको साइबर ब्युरोले जनाएको छ । विद्युतीय माध्यमबाट हुने ठगीलाई प्रहरीले छलफल गराएर फिर्ता गराउने गरेको छ ।

छलफलमा मिलापत्र हुन नसके मात्र मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।ठगी मुद्दामा एक वर्षको हदम्याद हुने हुनाले सो अवधिमा मिलापत्र नभए मात्र ब्युरोले मुद्दा दर्ता गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने गरेको छ । ब्युरोमा आएका १३३५ उजुरीमध्ये २०७ वटा उजुरी मिलापत्रमा टुङ्गिएका छन् ।