बैंकिङ खबर/ सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको हालै बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर (करबाहेक) जारी गर्ने भएको हो ।
त्यस्तै बोनस सेयर जारीपछि कायम चुक्ता पूँजीको ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेगरी आगामी साधारणसभा प्रस्ताव लैजाने भएको छ ।
असोज २१ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । असोज ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज ६ गतेसम्म सेयर खरिद वा होल्ड गरेकाले बोनस सेयर र साधारणसभामा भाग लिन पाउनेछन् ।
कम्पनीले साधारणसभामा कम्पनीको नाम समेत परिवर्तन गर्नेगरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव लैजाने भएको छ । यसको नाम हाइड्रोपावर कम्पनीजस्तो सुनिने भए पनि यो लगानी समूहको कम्पनी हो । यसको हाल बजार मूल्य प्रतिकित्ता २२४० रुपैयाँ छ ।