Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सीईडीबी हाइड्रोपावरको बोनस सेयर घोषणा, हकप्रद जारी गर्ने

२०८१ भाद्र ३० गते

बैंकिङ खबर/ सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको हालै बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर (करबाहेक) जारी गर्ने भएको हो ।

त्यस्तै बोनस सेयर जारीपछि कायम चुक्ता पूँजीको ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेगरी आगामी साधारणसभा प्रस्ताव लैजाने भएको छ ।

असोज २१ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । असोज ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज ६ गतेसम्म सेयर खरिद वा होल्ड गरेकाले बोनस सेयर र साधारणसभामा भाग लिन पाउनेछन् ।

कम्पनीले साधारणसभामा कम्पनीको नाम समेत परिवर्तन गर्नेगरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव लैजाने भएको छ । यसको नाम हाइड्रोपावर कम्पनीजस्तो सुनिने भए पनि यो लगानी समूहको कम्पनी हो । यसको हाल बजार मूल्य प्रतिकित्ता २२४० रुपैयाँ छ ।