बैंकिङ खबर/ बैंकमा पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउन थालेका छन । बैंकहरूले गत कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।
निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको लागत घट्न गई आधारदर (बेस रेट) सस्तिँदा कर्जाको ब्याजदर पनि घटेको हो । अहिले बैंकहरूको आधारदर (बेस रेट) ३० महिना यताकै सस्तो भएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार औसत आधार दर ८ प्रतिशत हाराहारीमा झरिसकेको छ ।
पछिल्लो समयमा बैंकहरुले घर कर्जा, सवारी कर्जा तथा सेयर कर्जाका आकर्षक योजनाहरु ल्याएर कर्जा विस्तारलाई जोड दिएका छन्। सवारी कर्जाको औसत ब्याजदर ८.५ प्रतिशतकै हाराहारीमा छ ।
केही बैंकले घर कर्जा र सवारी कर्जामा ७–८ प्रतिशत ब्याजदरकै स्कीम ल्याएका छन् भने सेयर कर्जामा पनि एकल अंकको ब्याजदरको स्कीम ल्याउन थालेका छन्।