September 9th, 2024

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनसपछि हकप्रद पनि दिने

बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले बोनस सेयर दिएपछि हुने चुक्ता पुँजीको आधारमा सात प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ।

यसअघि कम्पनीले १७ प्रतिशत हकप्रद दिने उल्लेख गरेको थियो। बोनसबाट चुक्ता पुँजीमा केही रकम थपिने भएपछि हकप्रद घटाएको हो। कम्पनीको लाभांश र हकप्रद प्रस्ताव असोज २३ गते हुने साधारण सभामा प्रस्तुत गरिने भएको छ।