Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अब त्रैमासिकको अन्तिम दिन बीमकले बीमा प्रस्ताव स्वीकृत गर्न नपाउने

२०८१ भाद्र २४ गते

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले जीवन बिमा कम्पनीहरुका लागि तीनवटा नयाँ व्यवस्था गरेको छ। प्राधिकरणले बीमकले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लगायको सुविधा कटअफ डेट आवधिक वित्तीय विवरण पेस गर्ने मितिसँग मिल्न गएकाले नयाँ व्यवस्था ल्याएको हो।

यसअनुसार बीमकले प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकृत गर्न पाउनेछैनन्। यस्तै जीवन बीमा अधिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा इन्सेन्टिभ प्रदान गर्दा वा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पूरा गरिसक्ने गरी तोक्नुपर्ने र २८ गतेपछि गरिने बीमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनामा समेट्नुपर्ने व्यवस्था गरिएको छ।