Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गरौँ : अर्थमन्त्री

२०८१ भाद्र २३ गते

बैंकिङ खबर/अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा उनले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानुनमा व्यवस्था गरिने प्रबन्ध रियलस्टिक पनि हुनुपर्ने बताए ।

उनले भने, ‘विधेयकको संशोधनको लक्ष्य के हो भने चेक अनादरको दर बढ्दै गएको छ । त्यसलाई नियन्त्रण गर्न जरुरी छ । त्यसका निमित्त आवश्यक कानुनी प्रबन्ध पनि गर्नुपर्छ ।

अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानुनी तवरले काम कारबाही हुनुपर्छ । कानुनमा गरिने प्रबन्ध रियलस्टिक पनि हुनुप-यो ।’ अर्थमन्त्री पौडेलले बैंकिङ कसुरमा सजाय गल्ती र कमजोरीको प्रकृति हेरेर व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने,‘दण्ड गल्तीको कमजोरीको प्रकृति हेरेर हुनुपर्छ । दण्डमा सजाएको प्रवृत्ति निराधार हुनुपर्छ । यी दुई कुरामा हेक्का राख्नुपर्छ ।’