२०८१ भाद्र २३ गते

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

बैंकिङ खबर/ निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड कर्मचारी माग गरेको छ । कम्पनीले एआर म्यानेजर, लजिस्टिक एनड एडमिन म्यानेजर र कम्युनिकेसन एन्ड कस्टरम सर्भिस अफिसर पदमा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो । कम्पनीले उल्लिखित तीनवटै पदमा १/१ जना कर्मचारीबाट दरखास्त माग गरेको छ ।

एआर म्यानेजरका लागि ह्युमन रिसोर्स म्यानेजमेन्ट विषयमा कम्तीमा मास्टर्स डिग्री र पाँच वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । त्यस्तै, लजिस्टिक एन्ड एडमिन म्यानेजरमा म्यानेजमेन्ट या फाइनान्समा कम्तीमा मास्टर्स र पाँच वर्षको अनुभव तथा कम्युनिकेसन एन्ड कस्टमर सर्भिस अफिसर पदका लागि कम्युनिकेसन्समा ब्याचरल डिग्री गरी पाँच वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक र योग्य उम्मेदवारले असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन कम्पनीको इमेल career@hei.com.np मा दिन सकिनेछ ।