बैंकिङ खबर/ नेपाल एसबिआई बैंकले प्रमुख कार्यकारी अधिकृत सीइओ दीपक कुमार देको पदावधी ६ थपेको छ । बैंकका प्रबन्ध संचालक समेत रहेका सीईओ देको चार वर्षे कार्यकाल यही भदौ ३१ गतेदेखि सकिँदैछ ।
तर, २०८१ भदौ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत देको पदावधी थप ६ महिना थप्ने निर्णय गरेको हो । योसँगै सीइओ देको पदावधी १६ मार्च २०२५ अर्थात् २०८१ चैत २ गतेसम्म थमौती भएको छ ।