Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल एसबिआई बैंकका सीइओ देको कार्यकाल ६ महिना थपियो

२०८१ भाद्र २० गते


बैंकिङ खबर/ नेपाल एसबिआई बैंकले प्रमुख कार्यकारी अधिकृत सीइओ दीपक कुमार देको पदावधी ६ थपेको छ । बैंकका प्रबन्ध संचालक समेत रहेका सीईओ देको चार वर्षे कार्यकाल यही भदौ ३१ गतेदेखि सकिँदैछ ।

तर, २०८१ भदौ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत देको पदावधी थप ६ महिना थप्ने निर्णय गरेको हो । योसँगै सीइओ देको पदावधी १६ मार्च २०२५ अर्थात् २०८१ चैत २ गतेसम्म थमौती भएको छ ।