
बैंकिङ खबर/ सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा राख्ने बचत झण्डै पाँच खर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा व्यक्तिगत बचत तथा निक्षेप चार खर्ब ८० अर्ब ३२ करोड ५६ लाख रुपैयाँले बढेको देखाएको छ ।
बैंकमा आम सर्वसाधारणसहित विभिन्न कम्पनी, सरकारी निकाय, विभिन्न कोष लगायतले निक्षेप तथा बचत राख्छन् । त्यसमा व्यक्तिगत निक्षेप मात्रै एक बर्षमा झण्डै पाँच खर्बले बढेको हो । २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप ३५ खर्ब ५९ अर्ब ५५ करोड थियो । २०८० असार मसान्तसम्म आउँदा त्यो ४० खर्ब खर्ब ३९ अर्ब ८७ करोड ४९ लाख पुगेको छ । वाणिज्य बैंकमा मात्रै व्यक्तिगत निक्षेप ३५ खर्ब २७ अर्ब ८४ करोड ५० लाख रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।


