September 4th, 2024

सिन्धु विकास बैंकद्वारा सीइओ पदमा दरखास्त आह्वान

बैंकिङ खबर/ सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा दरखास्त आह्वान गरेको छ । बैंकले रिक्त पदपूर्तिका लागि सीइओ पदमा दरखास्त आह्वान गरेको हो । बैंकका अनुसार सीइओ बन्नका लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांक, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

साथै ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिल्लो पदमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । इच्छुक र योग्य उम्मेदवारले आजका मितिले १५ दिनभित्र बैंकको इमेल hr@sindhubank.com.np मा आवेदन पेस गर्नुपर्नेछ ।