Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आइएमई लाइफको कामु सिइओमा दिनेश अमात्य नियुक्त

२०८१ भाद्र १० गते

बैंकिङ खबर/ आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कामु सिइओमा दिनेश अमात्य नियुक्त भएका छन् । कवि फुयाँलले पदबाट राजीनामा दिएपछि रिक्त भएको सिइओमा तत्कालको लागि नायब कार्यकारी निर्देशक अमात्यलाई नियुक्त गरिएको हो ।

अमात्य बरिष्ठ डेपुटी सिइओका रुपमा कम्पनीमा कार्यरत रहेका थिए । नेपाली जीवन बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव भएका अमात्यले कम्पनीको कामु सिइओको जिम्मेवारी सम्हालेका छन् । अमात्य यसअघि तत्कालिन सुर्या लाइफमा थिए । त्यसअघि उनले नेशनल लाइफमा काम गरेका थिए ।