Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितोपत्र बोर्ड अब लामो समय नेतृत्व विहीन रहँदैनः अर्थमन्त्री

२०८१ भाद्र ५ गते

बैंकिङ खबर/ उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व विहीनको अवस्थामा नरहने बताएका छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । बोर्डमा अध्यक्ष लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको उनको भनाइ छ ।

यो समस्या चाँडै समाधान हुने उनले बताए । ‘धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । यो नेतृत्व बिहीन अवस्था लामो समयसम्म रहिरहन हुँदैन’ उनले भने ‘यसले अनेक प्रकारका समस्या थपिएका छन् । फाइलहरु रोकिएको छ । यो समस्याको समधान विधिसम्बत सिर्घ समाधान गर्ने पक्षमा सरकार छ ।’