Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

२० खर्ब ४१ अर्ब विदेशी मुद्रा सञ्चिति

२०८१ भाद्र २ गते


बैंकिङ खबर/ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड कुल विदेशी मुद्रा सञ्चिति रहेको छ । जवकि २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड सञ्चिति थियो । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनअनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड छ । २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो । अन्य बैंक तथा वित्तीय संस्थामा १ खर्ब ९२ अर्ब ५५ करोड छ ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।