August 15th, 2024

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

बैंकिङ खबर/ नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी अधिकारीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वरबन्धु गौतमले जनाएका छन् ।

नवनियुक्त अधिकारी नेपाल बैंकका पूर्व सीईओ हुन् ।तत्कालीन सीईओ रामकृष्ण खतिवडाले दिएको राजीनामा माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत भएको थियो । हाल बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङले कामुको जिम्मेवारी सम्हाल्दै आएका थिए ।