August 12th, 2024

अब धमाधम आइपीओ आउँदै, बोर्डले अनुमति दिने

बैंकिङ खबर/अब धमाधम आइपीओ खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष महेश बरालले अब कम्पनीहरुको शेयरको सार्वजनिक निष्कासनको बाटो खुला गरिने बताएका छन्।

धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरहरुसँगको छलफलमा अध्यक्ष बरालले अब कम्पनीहरुको आइपीओ, एफपीओ, हकप्रदलगायतको सार्वजनिक निष्कासनको अनुमति खुल्ने जानकारी गराए ।

लेखा समितिले यसअघि उठाएको बुक बिल्डिङ विधि, बुक भ्यालु वा अन्य मापदण्डलाई पालना गर्दै धितोपत्र बोर्डले कैफियत नदेखिएका कम्पनीहरुलाई साधारण शेयरको निष्कासन अनुमति दिने अध्यक्ष बरालले बताएका थिए ।