Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा एक करोड कित्ता बोनस शेयर सूचीकृत

२०८१ श्रावण २७ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार उक्त कम्पनीको एक करोड कित्ता बोनश शेयर रहेको छ । उक्त शेयर कम्पनीले गत जेठ २८ गते वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

यो शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।