प्यासिफिकका सेयरधनीलाई २२.१ प्रतिशत बोनस सेयर : २८ गते साधारणसभा
२०७३ मंसिर १२ गते
प्यासिफिक डेभलपमेन्ट बैंकले मंसिर २८ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको ११४ औँ सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारणसभा आगामी २८ गते गर्ने निर्णय गरेको हो । उक्त साधारणसभाले २२.१ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गर्ने बताइएको छ ।