Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

डा.महतले सच्याए सेयर बजारसम्बन्धी अभिव्यक्ति

२०८१ श्रावण २४ गते

बैंकिङ खबर/ कांग्रेस प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको अर्थसमितिमा सेयर बजारबारे आफ्नो अभिव्यक्ति सच्याएका छन्। उनले सेयर बजार बढ्न नहुने धारणा व्यक्त नगरेको भन्दै आफ्नो भनाईलाई तोडमोड गरिएको दाबी गरेका छन्।

सेयर लगानीकर्ताहरु बीच्किएपछि, डा.महतले पुनः स्पष्ट गर्दै आफूले लगानीकर्ताको पक्षमा बोलेको र भविष्यमा पनि उनीहरूसँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले सेयर बजारमा स्वच्छ कारोबारको आवश्यकता औंल्याउँदै नियामक निकायले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए।

संसदमा मैले सेयर बजार बढ्न हुन्न भनेर भनेको होइन । केही संस्थाको सेयरमूल्य धेरै माथि पुगेकोले त्यो जस्टिफाई हुने आधार लगानीकर्ताले हेर्नुपर्छ मात्र भनेको हो ।