Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

चुक्ता पुँजी नपुर्‍याएका बीमा कम्पनीको पोर्टफोलियोे रोक्ने तयारी

२०८१ श्रावण २० गते

बैंकिङ खबर/ चुक्ता पुँजी नपुर्‍याएका बीमा कम्पनीको पोर्टफोलियोे रोकिने भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले चुक्ता पुँजी नपुर्‍याएको अवस्थामा पोर्टफोलियोे सोक्ने चेतावनी दिएका हुन् ।

नेपाल बीमा कम्पनीको वार्षिकउत्सव कार्याक्रममा बोल्दै अध्यक्ष सिलवालले सरकारी कम्पनी भनेर प्रोत्साहन दिँदै गरेको भएर पनि सरकारी कम्पनीको नै व्यवसाय खस्किदै गएको बताए । नेपाल बीमा कम्पनीको ११ वर्षमा पुग्दा समेत वित्तीय विवरण पनि पारित हुन ११ वर्षकै बाँकी रहनु दुखद विषय रहेको उनको भनाइ छ ।

राष्ट्रिय बीमा कम्पनी व्यवसाय निकै कमजोर अवस्थामा रहेको बताउँदै उनले दुःख व्यक्त गरे । शाखा विस्तारमा जोड दिन समेत निर्देशन उनले निर्देशन दिए । कर्मचारीहरुको तालिम र सामाजिक उत्तरदायित्वमा पनि कम्पनीले कुनै प्रकारको खर्च नगरेको र त्यसलाइ पनि नजिकबाट नियालेर ध्यान दिन निर्देशन दिएका छन । उनले कर्मचारीहरुलाइ पनि सेवा सुबिधा मात्र खोजेर नहुने र काम पनि प्रभावकारी बनाउन पनि निर्देशन दिए ।