
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको छ । २ कार्यकारी निर्देशक र २ निर्देशकको जिम्मेवारी फेरबदल गरिएको हो। कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई भुक्तानी प्रणाली विभागबाट आर्थिक अनुसन्धान विभागमा सारेको छ । यसअघि उनी प्रवक्ताको जिम्मेवारीमा थिए। भट्टको ठाउँमा रामु पौडेललाई ल्याइएको छ।
डा.भट्ट भने आर्थिक अनुसन्धान विभागमा पुगेका छन्। यस्तै आर्थिक अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीमा रहेका प्रकाश कुमार श्रेष्ठलाई भुक्तानी प्रणाली विभागमा सारेको छ। उनलाई बैंकले काजमा राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा पठाएको छ।
त्यस्तै टक्सार महाशाखामा दरबन्दी रहेका संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका निर्देशक विनोद राज आचार्यलाई काजमा भुक्तानी प्रणाली विभागमा पठाइएको छ। मानव संसाधन व्यवस्थापन विभागका निर्देशक विनोद राज लेखकलाई भने राष्ट्र बैंकले संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पठाएको छ।